नगद लाभांश पारित गर्न शिवमले कात्तिक ८ गते डाक्यो एजीएम, कहिले हुँदै छ बुक क्लोज ?

  २०७६ असोज १४ गते १२:२२     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले आगामी कात्तिक ८ गते चौथो वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्न लागेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर सहित १५.७८ प्रतिशत अर्थात ६९ करोड ४७ लाख रुपैयाँ नगद लाभांश दिने भएको हो ।

सो प्रयोजनको लागि संस्थाको असोज २९ गते बुक क्लोज हुँदै छ ।

कम्पनीको उक्त सभा सो दिन राष्ट्रिय सभा गृह काठमाडौंमा बस्ने भएको छ ।