२०७६ पुष २७ गते १३:४७ विकासन्युज
काठमाडौं । आइतबारको शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएको करिब दुई घण्टाको अवधिमै नेप्से परिसूचक ३५ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९३ प्रतिशतले बढेर १२४८.६७ अंकमा पुगेको हाे ।
कारोबार खुलेको केही घण्टामै १८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जसमध्ये मेरो फाइनान्स वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडा घोडी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९/९.९९ प्रतिशत कमाएका छन् ।
त्यसैगरी ९ प्रतिशतभन्दा बढी कमाउनेमा सगरमाथा इन्स्योरेन्स कम्पनी, समता माइक्रोफाइनान्स वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लगायत बाँकी ८ कम्पनी रहेका छन् ।
बजारमा कारोबारमा आएका सबैसमूह हरिया देखिएका छन् । जसमध्ये तीन समूहको सूचक त्रिपल डिजिटले बढेको छ । निर्जीवन बीमा समूह ३६२, जीवन बीमा समूह ३१४ र माइक्रोफाइनान्स समूह १०२ अंकले उकालो लागेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.