समता लघुवित्तको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद बिक्री असोज २६ देखि

  २०७६ असोज ८ गते ८:५४     विकासन्युज


काठमाडौँ । बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ मा मुख्य कार्यालय रहेको तथा १० जिल्ला कार्यक्षेत्र भएको समता लघुवित्त वित्तीय संस्थाले १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ सेयर बराबर २ सेयरको अनुपातमा रु. १०० अंकित उक्त हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद सेयर असोज २६ गते खुला हुने र मंसिर १ गतेसम्म आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।