२०७६ जेठ २१ गते १८:२९ विकासन्युज
काठमाडौँ । हिमालयन हाइड्रो पावर लिमिटेडले कूल २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । सो मात्राको आईपीओ जारी गर्न हाइड्रोले मंगलबार सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा जनता क्यापिटललाई नियुक्त गरेको हो ।
उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा हाइड्रोका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलको तर्फबाट कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब जनता क्यापिटलले हाइड्रोको रु. १०० अंकित दरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने काम गर्ने छ । कुल सेयरमध्ये ९ लाख कित्ता सेयर परियोजना प्रभावित स्थानीयका लागि छुट्याइएको हाइड्रोले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.