२०७६ पुष २५ गते १०:५९ विकासन्युज
काठमाडाैं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । संस्थाको शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शेयर मूल्य समायोजन भएको हो ।
समायोजनपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ९४९.१९ रुपैयाँ तोकेको छ ।
हाल संस्थाको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ भने नेप्सेमा हालसम्म ६ लाख १८ हजार ६ सय १० कित्ता शेयर सूचीकृत छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.