३२ प्रतिशत बोनसपछि फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

  २०७६ पुष १५ गते ११:४५     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । ३२.५० प्रतिशत बोनसपछि संस्थाको शेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता १ हजार ५२ रुपैयाँ रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ४९ करोड ७१ लाख ४९ हजारभन्दा बढी छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हालसम्म संस्थाको ४९ लाख ७१ हजार ४ सय ९४ कित्ता शेयर सूचीकृत छ ।