२०७६ पुष १ गते १३:३० विकासन्युज
काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । ३५ प्रतिशत बोनसपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता १५१.४४ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रहेको छ ।
यस कम्पनीको हालसम्म ८२ लाख ९० हजार ३ सय ५० कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सुचीकृत छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.