४५ प्रतिशत बोनसपछि मिर्मिरे लघुवित्तको शेयर मूल्य समायोजन

  २०७६ पुष १८ गते १३:४३     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ४५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । संस्थाको शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शेयर मूल्य समायोजन भएको छ ।

समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ तोकिएको छ । बिहीबार संस्थाको शेयर प्रतिकित्ता ८९९ रुपैयाँमा किनबेच भएको थियो ।