२०७६ पुष २४ गते १६:०९ विकासन्युज
काठमाडौं । बिहीबारको बजारमा ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कूल १७७ कम्पनीको शेयर कारोबार भएको बजारमा सबैभन्दा बढी कमाउनेमा लघुवित्त र माइक्रोफाइनान्स कम्पनी अग्रस्थानमा रहेका छन् ।
जसमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.९८, समता माइक्रोफाइनास वित्तीय संस्थाको ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ९.३३, सामुदायिक लघुवित्त वित्तीय संस्था र विजया लघुवित्त वित्तीय संस्थाको ९.१० तथा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.७५ प्रतिशत कमाएका छन् ।
बिहीबारको नेप्से परिसूचक ३.५१ अंकले बढेर १२१३.११ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा ८३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये सिभिल बैंकको मात्रै २० करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको छ ।
साताको अन्तिम कारोबारमा निर्जीवन बीमा समूह ९५.४१ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह ६३, जीवन बीमा समूह १९.१२, विकास बैंक समूह ६.७९ र ट्रडिङ समूह ४.२५ अंकले बढेका छन् भने बाँकी समूह ओरालो लागेका छन् । ओरालो लाग्ने मध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात १०.५१ अंकले झरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.