Latest News

२०७६ चैत्र २ गते २:२४

काठमाडौं । देवः विकास बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव फागुन ३० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख ९ सय २७ रुपैयाँ रहेको छ । ८.५५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । ...

२०७६ चैत्र २ गते १२:२७

काठमाडौं । आइतबार कृषि विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ५४ लाख ९ हजार ३ सय १७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । ...

२०७६ फाल्गुन ३० गते ८:१८

काठमाडौं । लगानीकर्ताले अब बिहान ११ बजेदेखि ४ बजेसम्म दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने भएका छन् । हालसम्म दिनमा जम्मा ४ घण्टा सेयर खरिद बिक्री गर्दै आएका लगानीकर्ताले अब ५ घण्टासम्म सेयर किनबेच गर्न पाउने छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कारोबारको समय व्यवस्थित बनाउन हालको नियमित समयमा थप एक घण्टा थपेर कारोबार समय ५ घण्टा पुर्याएको हो । यससँगै लगानीकर्ताले अब चैत २ गते(आइतबार)देखि नै उक्त सुविधा पाउने भएका हुन् । काराेबार समय तीन चरणमा विभाजन नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त समयावधि बढाइएको नेप्सेले जनाएको छ । उक्त कारोबार समय तीन चरणमा विभाजन गरिएको छ । यससँगै अब कारोबार खुलेको दिनमा बिहान साढे १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक कारोबार, ११ देखि ४ बजेसम्म बोलकबोल तथा निरन्तर कारोबार र ४ देखि ४ बजेर ५ मिनेटसम्म अन्तिम कारोबार ...

२०७६ फाल्गुन ३० गते ७:२३

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । सेञ्चुरी कमर्सियल बैंक र वोमी वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसमध्ये सेञ्चुरी बैंकको २ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १७७.४५ रुपैयाँ तोकिएको छ । त्यस्तै, वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ८५६ रुपैयाँ तोकिएको छ । ...

२०७६ फाल्गुन ३० गते १२:०६

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको कूल १३ लाख २१ हजार ८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । पोखरा फाइनान्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गरी एकैदिन सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये पोखरा फाइनान्सको ६ लाख ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको ७ लाख २० हजार ९९९ कित्ता सेयर नेप्सेमा थपिएको छ । उता महालक्ष्मी विकास बैंकको ४ लाख ५७ हजार ७ सय ३७ कित्ता प्रमोटर(संस्थापक) सेयर साधारण सेयरमा परिणत भएको छ । यससँगै, संस्थाको संस्थापकको सेयर स्वामित्व ५२.४९ प्रतिशत र साधारणको ४७.५१ प्रतिशत हुने छ । ...

२०७६ फाल्गुन २९ गते ३:२६

काठमाडौं । पछिल्लो समय सेयर बजारमा तीव्र उतारचढाव भएको छ । बुधबार उच्च अंकले बढेको नेप्से बिहीबार पुनः ४५.९१ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत कम हो । साताको सेयर बजार बढ्दा उच्च अंकले बढ्ने र घट्दा पनि उच्च अंकले घट्ने भइरहेको छ । गत मंगलबार नेप्से परिसूचक ८६ अंकले घटेको थियो । बुधबारको बजार ७४ अंकले बढेको थियो । त्यसपछि बिहीबारको बजार फेरि ४५.९१ अंकले घटेर १३७७.१८ अंकमा झरेको छ । तीव्र उतारचढाव गत बिहीबार देखि यस साताको बिहीबारसम्म नेप्से परिसूचक ५८ अंकले घटेको छ । गत बिहीबार १४३५ अंकमा रहेको नेप्से परिसूचक आज घटेर १३७७ अंकमा झरेको छ । मंगलबारदेखि बिहीबारसम्म कारोबार भएको जम्मा तीन दिनको बजारमा सो मात्राको कमी आएको छ । बिहीबारको बजारमा कूल २ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८...

२०७६ फाल्गुन २८ गते ३:२१

काठमाडौं । बुधबारको सेयर बजारमा करेक्सन भएको छ । मंगलबार ८६ अंकले घटेको बजार बुधबार ७३.७८ अंकले बढेर करेक्सन देखिएको छ । जुन अघिल्लो दिनको तुलनामा ५.४७ प्रतिशतको वृद्धि हो । बुधबार नेप्से परिसूचक १४२३.०९ विन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९४ प्रतिशतले बढेर ३०४.६९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४.३३ अंकले बढेको हो । बजारमा कूल २ अर्ब २२ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १८० कम्पनीको कूल ५६ लाख २६ हजार ८१२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ६६ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार उच्च अंकले घटेको समूह बुधबार उच्च अंकले बढेका छन् । बुधबार सबैभन्दा बढी ५१०.९७ अंकले बढेर ८१...

२०७६ फाल्गुन २७ गते १:०४

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । १२.५ प्रतिशतका दरले कम्पनीले २५ करोड ९ लाख ९२ हजार ४ सय २२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, संस्थाले कर प्रयोजनको लागि एक करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । १२.५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अ...

२०७६ फाल्गुन २७ गते १२:२९

काठमाडौं । पहिलो एक घण्टामै नेगेटिभ सर्किट ब्रेक लागेको मंगलबारको सेयर कारोबार पुनः सुचारु भएको छ । नेप्से परिसूचक करिब एक घण्टाको अवधिमा ४ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । बजारले उच्च अंकले घटेसँगै ११ बजेर ५९ अंकमा झरेको थियो । सो अवधिमा नेप्से परिसूचक ५३ अंकले घटेर १३८३ अंक तल झरेको थियो । बजारमा उच्च गिरावट आएसँगै नेप्सेले करिब २० मिनेटको सेयर कारोबार बन्द गरेको थियो । ...