Latest News

२०७६ फाल्गुन २७ गते ११:३४

काठमाडौं । मंगलबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १८.५२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३९१.४८ रुपैयाँ तोकिएको छ । ...

२०७६ फाल्गुन २३ गते ३:५०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आगामी चैत ४ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको ७१औं वार्षिक साधारणसभा चैत २१ गते सिनामङ्गलस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे बस्दै छ । सभामा कम्पनीले सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्ने छ । ५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । ...

२०७६ फाल्गुन २३ गते २:५५

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्जमा कूल ३ करोड ५९ लाख ७ हजार ९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत ७ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये सबैभन्दा बढी बोनस सेयर रहेको छ । ६ वटा कम्पनीको बोनस र बाँकी एक संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । पाँच दिनको अवधिमा कूल ३ करोड ३४ लाख ७७ हजार कित्ता बोनस थपिएको छ । जसमा पनि नबिल बैंकको सबैभन्दा बढी रहेको छ । बैंकको कूल एक करोड ८ लाख ५६ हजार ५ सय २० कित्ता बोनस सूचीकृत भएको हो । त्यस्तै, सिद्धार्थ बैंकको ९० लाख एक हजार ६ सय २६ कित्ता, लक्ष्मी बैंकको ८९ लाख २० हजार ५ सय ८ कित्ता र ज्योति विकास बैंकको ३९ लाख ५२ हजार ५ सय ४९ कित्ता बोनस नेप्सेमा थपिएको छ । त्यसैगरी, सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५ सय र कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३ सय ...

२०७६ फाल्गुन २२ गते ४:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी चैत १० गते विशेष साधारणसभा डाकेको छ । उक्त विशेष साधारणसभा सो दिन दिउँसो काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा बस्ने भएको छ । फागुन २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि चैत १ गते(एकदिन) बैंकको बुक क्लोज हुने छ । यी दुई संस्था सेयर मूल्य अनुपात(स्वाप रेसियो) १ः९१.७५ मा एक्विजिशन हुन लागेका हुन् । यसको अर्थ सहयोगी विकास बैंकको १०० कित्ता सेयर हुनेले एक्जिजिसन पश्चात सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउने छन् । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको जारी तथा चुक्त...

२०७६ फाल्गुन २२ गते २:२४

काठमाडौं । बिहीबार ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ३९ लाख ५२ हजार ५ सय ४९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । ...

२०७६ फाल्गुन २२ गते १:२५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा(एजीएम)को मिति तोकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि फागुन ३० गते बैंकको सेयर कारोबार बन्द गर्ने निर्णय भएकाे छ । सो निर्णय फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सभाले सेयरधनीलाई बोनस र नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने छ । कम्पनीले सेयरधनीलाई १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैया...

२०७६ फाल्गुन २२ गते १२:४०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको आज (फागुन २२ गते)देखि हकप्रद बिक्री खुला भएको छ । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि बिक्रीमा राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ । जसको ६० प्रतिशतका दरले कूल ३८ करोड ४२ लाख ४३ हजार ७ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा रहेकाे छ । कम्पनीको अंकित रुपैयाँ १०० दरको ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक सेयरधनीले आजदेखि आगामी चैत १२ गतेसम्म उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । उक्त हकप्रदको लागि इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । जसले औसत आधार जनाउँछ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ४६ लाख ५० हजा...

२०७६ फाल्गुन २१ गते ४:३१

काठमाडौं । गुडविल फाइनान्सले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि संस्थाले आगामी फागुन २८ गतेदेखि सो मात्राको ऋणपत्र जारी गर्न लागेको हो । ७ वर्षे भुक्तानी अवधि भएको यस ऋणपत्रले वार्षिक १२ प्रतिशत व्याजदर प्रदान गर्दछ । उक्त व्याजदर अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी हो । अन्य बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रकाे व्याजदर १० देखि करिब ११ प्रतिशत रहेकाे छ । फागुन २८ गतेदेखि बिक्री खुला हुने यस ऋणपत्र निष्काशन छिटोमा चैत २ र ढिलोमा चैत १२ गते बन्द हुने संस्थाले जनाएको छ । संस्थाले एक हजार रुपैयाँ अंकित दरकोे कूल २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये एक लाख ५० हजार कित्ता संस्थागत/व्यक्तिहरुलाई र बाँकी एक लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुल्ला ग...

२०७६ फाल्गुन २१ गते ३:३०

काठमाडौं । बुधबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । दिनभरको बजारमा नेप्से परिसूचक ६८.४७ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.५४ प्रतिशतले घटेर १४४१.२० अंकमा झरेको छ । तीव्र उतारचढाव देखिएको बुधबारको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा ४५६ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ४०६, माइक्रोफाइनान्स १४८, उत्पादनमूलक ८८, होटल ८०, विकास बैंक ७२ र बैंकिङ ६० अंकले घटेका छन् । म्युचअल फण्ड बाहेक समान्य ०.१२ अंकले घटेको छ भने बाँकी दोहोरो अंकले ओरालो लागेका छन् । मंगलबार जस्तै बुधबार पनि माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । जसमध्ये ७ वटा लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वेदेश...