Latest News

२०७६ फाल्गुन १६ गते ३:४०

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा(एजीएम) आगामी चैत ८ गते बस्दै छ । उक्त निर्णय फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । सो प्रयोजनको लागि संस्थाको आगामी फागुन २७ गतेदेखि चैत ८ गतेसम्म बुक क्लोज हुने छ । सभाले सेयरधनीलाई १८.५२५ प्रतिशत अर्थात १० करोड ८३ लाख ७१ हजार २ सय ५० रुपैयाँ बोनस सेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, संस्थाले कर प्रयोजनको लागि ५७ लाख ३ हजार ७ सय ५० रुपैयाँ नगद लाभांश दिने भएको छ । ...

२०७६ फाल्गुन १५ गते ३:१५

काठमाडौं । पछिल्लो समय पुँजी बजारले दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ । पछिल्लो सातादेखि यता नियमित बढ्दै गएको सेयर बजारले बिहीबार पुनः नयाँ रेकर्ड हासिल गरेको छ । बिहीबारको बजारमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै ऐतिहासिक सेयर कारोबार हो । यस अघि बुधबार(हिजो) मात्रै ४ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा १८० कम्पनीको एक करोड ८ लाख ५९ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभर उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक पनि ३६.०५ अंकले बढेर १६३२.१७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशतले बढी हो । उच्च कारोबार भएको बजारमा बढी कमाउनेमा वाणिज्य बैंक अग्रस्थानमा देखिएका छन् । विभिन्न चार वाणिज्य बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सबैभन्दा बढी एभरेष्ट ब...

२०७६ फाल्गुन १५ गते २:४१

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई हालको चुक्ता पुँजीको सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिए बमोजिम संस्थाले कूल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँ दरले ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । संस्थाले चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने छ । ...

२०७६ फाल्गुन १५ गते २:०४

काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर फागुन १८ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट ६० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म उक्त सेयर जारी गर्न लागेको हो । बोर्डले गत पुस २९ गते कम्पनीलाई ३८ लाख ४९ हजार एक सय २० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले पुँजी वृद्धि गर्नको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ । उक्त सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एन...

२०७६ फाल्गुन १५ गते ११:५३

काठमाडौं । सहयोगी विकास बैंकको नगद लाभांशदर घटेको छ । संस्थाको प्रस्तावित नगद लाभांशदर शून्य दशमलब ५८ प्रतिशतले घटेको हो । लाभांशदर घटेसँगै संस्थाले अब कर सहित १८.७२१५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसअघि संस्थाले सेयरधनीलाई १९.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले संसोधन गरेको हो । बैंकको संसोधित प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । ...

२०७६ फाल्गुन १४ गते ३:५४

काठमाडौं । बुधबारको बजारमा ऐतिहासिक सेयर कारोबार भएको छ । एकैदिनको बजारमा चार अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल १८० कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ४७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा केही घटेको छ । कमाउने मध्ये ३ वटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागेको छ । एभरेष्ट बैंकको कभर्जन प्रिफिरेन्स, राष्ट्रिय बीमा कम्पनी र यूनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबारमा सर्किट ब्रेक लागेको हो । एभरेष्ट बैंकको कभर्जन प्रिफिरेन्स सेयरको मूल्य ६१ रुपैयाँले बढेर प्रतिकित्ता ६७१ अंकमा पुगेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य एक हजार एक सय ३० रुपैयाँले बढेर प्रतिकित्ता १२ हजार ४ सय ३१ रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनिलिभर नेपालको सेय...

२०७६ फाल्गुन १४ गते ३:०७

काठमाडौं । बुधबारको बजारमा नेप्से वृद्धिले हाफ सेञ्चुरी हानेको छ । एकैदिनको बजारमा नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३० प्रतिशतले बढेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । सो दिन ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन इतिहासकै सबैभन्दा बढी कारोबार हो । दिनभरको बजारमा १८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ । सो दिन ८ वटा कम्पनीको १० करोड भन्दा माथिको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबारको बजारमा जीवन बीमा समूह सबैभन्दा उच्च अंकले उकालो लागेको छ । जीवन बीमा एकैदिन ६.१२ प्रतिशतले बढेर ९ हजार ९ सय ५ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २३३.५१ अं...

२०७६ फाल्गुन १४ गते २:४७

काठमाडौं । बुधबार कारोबार बन्द हुन १५ मिनेट अगावै सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । २ बजेर ४३ मिनेट जाँदा बजारमा ३ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन इतिहासकै उच्च कारोबार रकम हो । यसअघि फागुन ११ गते सबैभन्दा बढी कारोबार भएको थियो । सो दिन ३ अर्ब ७८ करोड ८५ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको थियो । जुन रेकर्डलाई बुधबार(आजको) बजारले तोडेको छ । ...

२०७६ फाल्गुन १४ गते १:१६

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित भएका छन् । बुधबार कारोबार भइरहेको बजारले पनि लगानीकर्ताको मनोबल बढ्दै गएको संकेत गरेको छ । बुधबार कारोबार खुलेको दुई घण्टाको अवधिमै साढे दुई अर्ब बढीको सेयर किनबेच भएको छ । सो अवधिमा १७८ कम्पनीको ५६ लाख ९९ हजार ९८९ कित्ता सेयर २ अर्ब ३२ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भईसकेको छ । कारोबार रकममा मात्र नभई नेप्से परिसूचकमा पनि उछाल आएको छ । सो अवधिमा नेप्से परिसूचक ४१.३८ अंकले बढेर १५८६ अंकमा पुगेको छ । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ३३४ अंकमा पुगेको छ । सो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकको छ । जुन दिनभरकै उच्च कारोबार रकम हो । त्यस्तै, राष्ट्रिय बीमा संस्थान र यूनिलिभर नेपालको सेयर मूल्...