काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरेको छ । सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मिर्मिरेले फागुन १३ गतेदेखि लागु हुने गरी नागबेली लघुवित्तलाई प्राप्ति गरेको हो । मिर्मिरे लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेपलान्चोकको बनेपा बजारमा रहेको छ । त्यस्तै, नागबेली लघुवित्तको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ । ...
काठमाडौं । बुधबार सेयर बजार खुलेको आधा घण्टामै दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यो समाचार तयार पार्दा(११ बजेर ३१ मिनेट) सम्ममा यूनिलिभर नेपाल र दिब्यश्वरी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । जसमध्ये यूनिलिभरको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबारमा सर्किट ब्रेक लागेको छ । कम्पनीको प्रतिकित्ता १९ हजार ६ सय ३३ रुपैयाँ सेयर कारोबार खुलेको थियो । त्यसपछिको आधा घण्टाको कारोबारमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ९ सय ६३ रुपैयाँले बढेर प्रतिकित्ता २१ हजार ५ सय ९६ रुपैयाँ पुगेको छ । त्यस्तै, दिब्यश्वरीको प्रतिकित्ता ५३ रुपैयाँमा सेयर कारोबार खुलेको थियो । साढे ११ बज्दा कम्पनीको सेयर मूल्य ९.४३ प्रतिशतले बढेर प्रतिकित्ता ५८ रुपैयाँ पुगेको छ । यी मध्ये यूनिलिभरको सेयर किन्नेमा चाप देखिएको छ तर बेच्न इच्छुक कोही ...
काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ४३.०२ अंकले उकालो लागेर १५४५.१९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.८६ प्रतिशतले बढेको हो । पछिल्लो एक साताको अवधिमा नेप्से परिसूचक १४५ अंकले उकालो लागिसकेको छ । गत मंगलबार नेप्से परिसूच १४०० अंकमा रहेको थियो । त्यसपछि निरन्तर जसो उकालो लागेर आज १५४५ अंकमा पुगेको छ । आजको बजारमा कूल २ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर कूल १८० कम्पनीको ७० लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ३७ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्...
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको आगामी फागुन २२ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले हालको चुक्ता पुँजीको १०० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको ९औं वार्षिक साधारणसभाले इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर प्रस्तावलाई पारित गरेको थियो । ...
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई निराश बनाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको लाभांश नदिने घाेषणा गरेसँगै इन्स्योरेन्सका लगानीकर्ता निराश देखिएका सोमबारको बजारले संकेत गरेको छ । सोमबारको बजारमा उत्साह कायमै रहेपनि प्रिमियर इन्स्योरेन्सका सेयर लगानीकर्तामा भने उत्साह छाएको छैन । सो दिन कम्पनीको सेयर मूल्य उच्च अंकले ओरालो लागेको छ । कारोबार खुलेको करिब साढे एक घण्टामा कम्पनीको सेयर मूल्य ७.१५ प्रतिशतले ओरालो लागेर प्रतिकित्ता ७०१ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५४ रुपैयाँले घटी हो । मूल्य घटेको कम्पनीको सेयर बेच्नेको भन्दा पनि किन्नेको बढी चाप देखिएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको १५ हजार ७ सय ३२ कित्ता सेयर बिक्रीमा रहेको छ भने ३६ हजार ७ सय २४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । कम्...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स(आईजीआई)को सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछिको साेमबारकाे कारोबारमा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बजार खुलेको करिब एक घण्टामा कम्पनीको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ५१५ रुपैयाँ पुगेको छ । ...
काठमाडौं । आइतबार जस्तै सोमबारको सेयर बजारमा पनि उत्साह कायमै रहेको छ । बजार खुलेको आधा घण्टामै सेयर बजार आधा अर्ब बढीको सेयर किनबेच भएको छ । ११ बजेर ३६ मिनेट जाँदा कूल ६५ करोड ६४ लाख रुपैयाँ बढीको सेयर किनबेच भईसकेको छ । सो अवधिसम्म नेप्से परिसूचक २५.४४ अंकले बढेर १५२९.५७ अंकमा पुगेको छ । सो अवधिसम्म १५७ कम्पनीको १६ लाख ४ हजार ४ सयर ६८ कित्ता सेयर किनबेच भइसकेको छ । यो समाचार तयार पार्दासम्म एनएमबी बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको ६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट ब्रेक लागिसकेको छ । संस्थाको सेयर मूल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय २० रुपैयाँ पुगेको छ । ...
काठमाडौं । आइतबारको सेयर बजारले तीन वटा आधारमा नयाँ कीर्तिमान रचेको छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याका आधारमा आइतबारको बजारले नयाँ कीर्तिमान राख्न सफल भएको हो । एकैदिनको बजारमा कूल ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ३० हजार ४ सय ५७ पटकको कारोबारमा कूल ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जुन हालसम्मै उच्च कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्या भएको नेप्सेले जनाएको छ । अनलाइन कारोबार प्रणाली(नटस्) औपचारिक रुपमा सञ्चालनमा आएपछि दोश्रो बजारमा ऐतिहासिक सुधार आएको नेप्सेले जनाएको छ । जसको प्रभावले निरन्तर रुपमा कारोबारको गतिविधि बढेको नेप्सेले बताएको छ । आइतबार भएको कारोबार रकम मध्ये अनलाइनबाट मात्रै ४४ प्रतिशत सेयर किनबेच भएको छ । जुन रुपैयाँको आधारमा एक अर...
काठमाडौं । आइतबारको बजारमा उछाल आएपछि नेपाल इन्भेष्टर्श फोरमका पूर्वाध्यक्ष अम्बिका पौडेलले ‘समय बलवान छ’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् लेखेका छन् । सबै कुरा राम्रो भएकाले बजार बढेकाे भन्दै उनले यसकाे कारण नसाेध्न आग्रह गरेका छन् । साथै, उनले हिजाेकाे दिनमा बजार घटी रहनु पर्ने कारण नै नभएकाे स्ट्याटस् मार्फत जानकारी दिएका छन् । यस्ताे छ उनले लेखेका स्ट्याटस्ः ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.