काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । दिनभर उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा नेप्से परिसूचक १६ अंकले ओरालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२८ प्रतिशतले घटेर १२५५.८० अंकमा अडिएको छ । त्यस्तै, कारोबार रकममा पनि कमी देखिएको छ । बजारमा कूल १७२ कम्पनीको एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २८ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार)को बजारमा कूल एक अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएका १२ समूहमध्ये ट्रेडिङ समूह बाहेक बाकी समूह राताम्मे देखिएका छन् । जीवन बीमा र निर्जीवन बीमा त्रिपल डिटिज अर्थात क्रमशः १३७ र ११२ अंकले ओरालो लागेका छन् । ट्रेडिङ समूह २४ अंकले उकालो लागेको छ । बजारमा कालिका पावर कम्पनीका लगानी...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र आईसीएफसी फाइनान्सको गरी कूल ५ लाख १५ हजार ७ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको रहेको छ । फाइनान्सको ४ लाख ४३ हजार २ सय ९६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । ...
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार(चैत ४ गते) मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । ...
काठमाडौं । मंगलबारको नेप्से परिसूचक ४४.३३ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा १२७२.०६ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३७ प्रतिशत कमी हो । बजारमा एक अर्ब ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी बैंकको ९ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । मंगलबार कारोबारमा आएका मध्ये म्युचअल फण्ड समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा ४२६ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ३३८ र उत्पादनमूलक समूह ११५ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले घटेका छन् । मंगलबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेको छ । उता कमाउ...
काठमाडौं । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको गरी दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यी दुई कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९६.१९ रुपैयाँ तोकिएको छ । त्यस्तै, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६८२.७३ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछि पहिलो कारोबारभएको मंगलबारको बजारमा दुबै संस्थाको सेयर मूल्य घटेको छ । दुई बजेसम्म नेपाल इन्स्योरेन्सको सेयर मूल्य ३० रुपैयाँले घटेर प्रतिकित्ता ३६६ रुपैयाँमा किनबेच भइरहेको छ । जुन समायोजित मूल्यको तुलनामा ७.६२ प्रतिशत कम हो । त्...
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी चैत १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी चैत २८ गते आफ्नो १८औं वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको कमल पोखरीस्थित अग्रवाल सेवा केन्द्रको भवनमा बस्ने भएको छ । सभामा कम्पनीले नगद लाभांश, बोनस र हकप्रद सेयर जस्ता विशेष प्रस्तावहरु केही पनि लैजाने घोषणा गरेको छैन । ...
काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । तीव्र उतारचढावको बीच नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ अंकमा पुगेर बन्द भएको छ । कारोबार शुरु भएको केही समयमै परिसूचक १३ सय अंकभन्दा तल अर्थात १२९२ अंकमा झरेको थियो । त्यसपछिको बजारमा पनि केही उतारचढाव देखिएको नेप्से परिसूचक अन्ततः सामान्य अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । बजारमा परिसूचकमा सामान्य वृद्धि भएपछि सेयर कारोबारमा भने कमी आएको छ । दिनभरको बजारमा कूल एक अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४९ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन अर्थात आइतबारको बजारमा कूल २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार कूल १८० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी ...
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो प्रयोेजनको लागि संस्थाले आगामी चैत ७ गते देखि १७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले उक्त संस्था प्राप्ति गर्ने सम्बन्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी विशेष साधारणसभाले पारित गर्ने छ । संस्थाको विशेष साधारणसभा आगामी चैत १७ गते बस्दै छ । मिर्मिरे लघुवित्तको हालको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको ४५ प्रतिशत बोनस सेयर बाहेकको चुक्ता पुँजी हो । संस्थाको गत पुस २८ गते सम्पन्न नवौं वार्षिक साधारणभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...
काठमाडौं । आइतबारको सेयर बजार ४.६६ प्रतिशतले ओरालो लागेको छ । पाँच घण्टा कारोबार भएको पहिलो दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ अंकमा झरेको छ । बजारमा १७४ कम्पनीको सेयर किनबेच भएको छ । दिनभर ५५ लाख ७० हजार ३० कित्ता सेयर २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा करिब १० करोड रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा कूल २ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । काराेबार शुरू भएदेखि निरन्तर ओरालो लागेको बजारमा काराेबारमा आएका सबै समूह सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६२१.८८ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ४१६.७३ अंकले ओरालो लागेको छ । म्युचअल फण्ड समूह सामान्य ०.३१ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । आइतबार सामूदायिक लघुवित्त वित्तीय संस्था ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.