काठमाडौं । मंगलबारको सेयर बजारमा माइक्रोफाइनान्स समूह उच्च अंकले घटेको छ । बजार दोहोरो अंकले बढे पनि माइक्रोफाइनान्स समूह भने त्रिपल डिजिटले ओरालो लागेकाे छ । दिनभरको कारोबारमा उक्त समूह ११६.१४ अंकले घटेर २४०५.२७ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.६१ प्रतिशतले घटी हो । सोमबार माइक्रोफाइनान्स समूह २५१२.२७ अंकमा रहेको थियो । मंगलबार बजार खुलेको केही समयमै उक्त समूह घटेर २३५५.३६ अंक सम्ममा झरेको थियो । त्यसपछि भने केही उतारचढाव देखिएको उक्त समूहको सूचक बजार बन्द हुँदा २४०५.२७ अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्थाकाे लभांशमा अंकुश लगाएसँगै त्यसको प्रभाव मंगलबार माइक्रोफाइनान्स कम्पनीको सेयर कारोबारमा परेको हो । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीति आर्थिक वर्ष २०७६/७७को अर्ध वार...
काठमाडौं । उतारचढाव देखिएको मंगलबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले बढेर १५०९.६७ अंकमा पुगेको छ । कारोबार शुरु भएको केही बेरमै ५३ अंकले घटेको थियो । त्यसपछि बढेर १५२४ अंकमा पुगेको नेप्से पुनः घटबढ भइ अन्ततः १५०९ अंकमा पुगेको बन्द भएको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६१ अंकले बढेर ३२४.०४ अंकमा पुगेको छ । बजारमा कूल ३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ४० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी बैंकको २५ करोड, एनआईसी एशिया बैंकको १८ करोड, हिमालयन डिष्टिलरीको १४ करोड, नबिल बैं...
काठमाडौं । मंगलबारको सेयर बजार करिब ४ बजेसम्म खुल्ने भएको छ । दैनिक ३ बजे बन्द हुने बजार आज भने ३ बजेर ५५ मिनेटमा बन्द हुने नेप्सेले जनाएको छ । ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मा समस्या आएर करिब एक घण्टाको बजार अवरुद्ध भएकाले सो दिनको कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या आएसँगै ५५ मिनेट सेयर कारोबार बन्द भएको थियो । उक्त समस्या देखिएको करिब ५५ मिनेटपछि समस्या समाधान भएको छ र नियमित कारोबार शुरु भएको छ । दिउँसो १२ बजेर ४१ मिनेट जाँदा ब्रोकरको उक्त प्रणालीमा समस्या देखिएको थियो । जसले गर्दा सेयर कारोबार अपडेट हुन सकेको थिएन । उक्त टाइमलाई कभर गर्न नेप्से व्यवस्थापनले समयसीमा थप गर्ने निर्णय गरेकाे हाे । ...
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मा समस्या देखिएको छ । उक्त प्रणालीमा समस्या देखिएसँगै सेयर कारोबार रोकिएको छ । १२ बजेर ४१ मिनेट जाँदा उक्त प्रणालीमा समस्या देखिएको छ । यससँगै त्यसपछिको सेयर कारोबार तथा डाटा अपडेट हुन सकेको छैन । ’ब्रोकरको डाटा सेन्टरमा केहि समस्याहरूको कारण उक्त प्रणालीमा समस्या देखिएको हो । यसैले थप अपडेटहरूको लागि सम्बन्धित ब्रोकरहरूसँग समन्वय गर्न अनुरोध गरिएको छ।’- नेप्सले भन्याे । ...
काठमाडौं । मंगलबार बजार खुलेको केही बेरमै नेप्से परिसूचक भारी अंकले ओरालो लागेको छ । १३ मिनेट नबित्दै नेप्से परिसूचक ५३.६१ अंकले घटेर १४४१.६९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.५९ प्रतिशतले घटेको छ । यो समाचार तयार पार्दा (११ बजेर १३ मिनेट) फाइनान्स बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैको लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । ...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नबिल बैंक, सिद्धार्थ बैंक लगायत अन्य दुई संस्थाको गरी कूल २ करोड ६ लाख ३ हजार ९ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा थपिएका हुन् । जसमध्ये नबिल बैंकको एक करोड ८ लाख ५६ हजार ५ सय २० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ९० लाख एक हजार ६ सय २६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । विकास बैंकतर्फबाट कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३ सय कित्ता र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५ सय कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएका हुन् । ...
काठमाडौं । आइतबारको पुँजी बजारले पुनः रेकर्ड ब्रेक गरेको छ । दिनभरको बजारमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार रकम हो । गत बिहीबार(फागुन १५ गते) मात्रै हालसम्मकै उच्च कारोबार भएको थियो । सो दिन ४ अर्ब ४६ करोडको सेयर किनबेच भएको छ । तर सो रकर्डलाई तोड्दै आइतबारको बजारले नयाँ रेकर्ड राख्न कायम भएको छ । बजारमा कूल १८३ कम्पनीको एक करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी एनएमबी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकममा वृद्धि भएपनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । एकैदिनको परिसूचक ४०.८२ अंकले घटेर १५९१.३६ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले घटी हो । बजारमा निरन्तर उकालो लागेसँगै लगानीकर्ताहरु नाफा बुक गर्न ...
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था (एनएमबीएमएफ)को २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको हकप्रद नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । ...
काठमाडौं । अपि पावर कम्पनीले आगामी चैत ७ गते १६औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । साे प्रयाेजनकाे लागि संस्थाले चैत १ गते (शनिबार) बुक क्लोज गर्ने भएकाे छ । सभामा कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरणका साथै हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । जुन बोनसदर कर बाहेकको हो । त्यस्तै, सेयरधनीलाई १ बराबर ०.४६७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । जुन रकमको आधारमा ५६ करोड ७० लाख रुपैयाँ हुन आउँछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ । ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.