Latest News

२०७६ फाल्गुन ५ गते ३:१८

काठमाडौं । सोमबारको सेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । बजारमा एकैदिन दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा १७५ कम्पनीको सो मात्राको सेयर किनबेच भएको हो । यस अघि १४ फेब्रुअरी २०१९ मा पहिलो पटक २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता साे भन्दा बढी काराेबार भएकाे थिएन । तर साेमबारकाे बजारले नयाँ इतिहास रचेकाे छ । साढे दुई अर्ब बढी कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उछाल देखिएको छ । सो दिनको नेप्से ३४.२६ अंकले बढेर १३९८.२४ अंकमा पुगेको छ । जुन अ...

२०७६ पौष १४ गते ३:२४

काठमाडौं । सोमबारको बजारमा जीवन बीमा समूह २५६ अंकले उकालो लागेको छ । उक्त समूह त्रिपल डिजिटले बढेसँगै त्यसको प्रभाव नेप्से परिसूचकमा परेको छ । आइतबार ओरालो लागेको बजार सोमबार भने ५.५३ अंकले उकालो लागेर ११६७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको हो । बजारमा चार समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । जीवन बीमा समूह २५६, निर्जीवन बीमा ६१ र उत्पादन मूलक समूह ५९ अंकले उकालो लागेको छ । समूह परिसूचकसँगै कारोबारको तुलनामा पनि जीवन बीमा कम्पनी नै अगाडि रहेको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ९८० रुपैयाँ रहेको छ । त्यस्तै शिवम् सिमेन्टको ५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बजारमा कूल ६२ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ...

२०७६ पौष ८ गते १२:५२

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे । सभामा जाने प्रयोजनका लागि संस्थाकाे पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लाेज र साधारणसभाकाे मिति ताेकेकाे हाे । सभाले शेयरधनीलाई ११.५१ प्रतिशत बोनश शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, कर प्रयोजनको लागि हालको चुक्ता पुँजीको ०.५७५६ प्रतिशत अर्थात २८ लाख ७८ हजार ६३४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ...

२०७६ पौष ४ गते ३:०८

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आगामी पुस १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको आगामी अर्थात ५औं वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । उक्त सभा सो दिन बिहान साढे ११ बजे बुटवलमा बस्दै छ । ...

२०७६ पौष २ गते १:१३

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर मंसिर ३० गते बाँडफाँड गरेको छ । संस्थाले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म जारी गरेको सो मात्राको शेयर बाँडफाँड गरेको हो । संस्थाले भदौ ३१ गतेसम्म कायम रहेका शेयरधनीलाई एक बराबर दुईको अनुपातमा प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये रितपूर्वक आवेदन दिने ५ हजार ४३३ जना शेयरधनीलाई १० लाख ५१ हजार ३८० कित्ता शेयर बाँडफाँड गरेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बाँकी एक लाख ६२ हजार ६० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै, संस्थाले बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम पुस ३ गतेदेखि फिर्ता गर्ने बताएको छ । ६ करोड ६ लाख रुपैयाँ रहेको यस संस्...

२०७६ पौष १ गते ४:०९

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ११.५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ११.५१ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । ...

२०७६ मार्ग ३० गते २:५७

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले दोस्रो पटक वार्षिक साधारणसभा बोलाएको छ । यस अघि बोलाइएको साधारणसभा कोरम नपुगेर स्थिगित भएको थियो । कम्पनीले तीन दिन भित्र अर्को सूचनामार्फत पुनः वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले यस अघि मंसिर २७ गते काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा नबौं वार्षिक साधारणसभा डाकेको थियो । उक्त सभामा कम्पनीको नियमावलीमा भएको प्रावधान बमोजिम ६७ प्रतिशत शेयरधनीको उपस्थिति हुन नसकेका कारण सभा स्थगित भएको कम्पनी सचिव सुशान्त बास्तोलाले बताएका छन् । त्यसैले मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुनः अर्को मिति तोकेको छ । समितिको निर्णय अनुसार कम्पनीले आगामी पुस १६ गते बुधबार आफ्नो नवौं वार्षिक साधारणसभा डाकेको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस १६ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । ...

२०७६ मार्ग ३० गते १:३६

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले आगामी पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित यूनाईटेड वर्ल्ड ट्रेड सेन्टरमा बस्ने भएको छ । सो प्रयोजनको लागि हाइड्रोले पुस ११ गतेदेखि पुस १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले शेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग ३० गते १२:५९

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको हकप्रद शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्स कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको गरी कूल ११ लाख ९९ हजार ८६० कित्ता शेयर नेप्सेमा थपिएको छ । जसमध्ये बेष्ट फाइनान्सको कूल एक लाख ८८ हजार ९८० कित्ता र वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर नेप्सेमा थपिएको हो । ...