सेयर बजारमा उत्साह कायमै, आधा घण्टामा आधा अर्ब बढीको कारोबार

  २०७६ फाल्गुन १२ गते ११:४३       विकासन्युज

काठमाडौं । आइतबार जस्तै सोमबारको सेयर बजारमा पनि उत्साह कायमै रहेको छ । बजार खुलेको आधा घण्टामै सेयर बजार आधा अर्ब बढीको सेयर किनबेच भएको छ ।

११ बजेर ३६ मिनेट जाँदा कूल ६५ करोड ६४ लाख रुपैयाँ बढीको सेयर किनबेच भईसकेको छ । सो अवधिसम्म नेप्से परिसूचक २५.४४ अंकले बढेर १५२९.५७ अंकमा पुगेको छ ।

सो अवधिसम्म १५७ कम्पनीको १६ लाख ४ हजार ४ सयर ६८ कित्ता सेयर किनबेच भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म एनएमबी बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको ६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट ब्रेक लागिसकेको छ । संस्थाको सेयर मूल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय २० रुपैयाँ पुगेको छ ।