२०७६ फाल्गुन १२ गते ११:५९ विकासन्युज
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स(आईजीआई)को सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ ।
मूल्य समायोजन पछिको साेमबारकाे कारोबारमा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बजार खुलेको करिब एक घण्टामा कम्पनीको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ५१५ रुपैयाँ पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.