२०७६ फाल्गुन १४ गते १:१६ विकासन्युज
काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित भएका छन् । बुधबार कारोबार भइरहेको बजारले पनि लगानीकर्ताको मनोबल बढ्दै गएको संकेत गरेको छ ।
बुधबार कारोबार खुलेको दुई घण्टाको अवधिमै साढे दुई अर्ब बढीको सेयर किनबेच भएको छ । सो अवधिमा १७८ कम्पनीको ५६ लाख ९९ हजार ९८९ कित्ता सेयर २ अर्ब ३२ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भईसकेको छ ।
कारोबार रकममा मात्र नभई नेप्से परिसूचकमा पनि उछाल आएको छ । सो अवधिमा नेप्से परिसूचक ४१.३८ अंकले बढेर १५८६ अंकमा पुगेको छ ।
त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ३३४ अंकमा पुगेको छ ।
सो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकको छ । जुन दिनभरकै उच्च कारोबार रकम हो ।
त्यस्तै, राष्ट्रिय बीमा संस्थान र यूनिलिभर नेपालको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । उनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेसँगै कारोबारमा सर्किट ब्रेक लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.