नेप्से वृद्धिले हान्यो हाफ सेञ्चुरी, ४ अर्ब माथिको कारोबार

  २०७६ फाल्गुन १४ गते ३:०७       विकासन्युज

काठमाडौं । बुधबारको बजारमा नेप्से वृद्धिले हाफ सेञ्चुरी हानेको छ । एकैदिनको बजारमा नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३० प्रतिशतले बढेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । सो दिन ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन इतिहासकै सबैभन्दा बढी कारोबार हो ।

दिनभरको बजारमा १८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ । सो दिन ८ वटा कम्पनीको १० करोड भन्दा माथिको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


बुधबारको बजारमा जीवन बीमा समूह सबैभन्दा उच्च अंकले उकालो लागेको छ । जीवन बीमा एकैदिन ६.१२ प्रतिशतले बढेर ९ हजार ९ सय ५ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २३३.५१ अंकले बढेर १ हजार ५ सय ६८ अंकमा पुगेको छ ।

बुधबारकाे सम्बन्धित समाचारः

कारोबार बन्द हुन १५ मिनेट अगावै रेकर्ड ब्रेक गर्यो सेयर बजारले
बजारमा लगानीकर्ताको आकर्षण बढ्दो, दुई घण्टामै साढे दुई अर्ब बढीको कारोबार