ऐतिहासिक कारोबार भएको दिन १३३ कम्पनीले कमाए, तीन कम्पनीको मूल्यमा लाग्यो सर्किट

  २०७६ फाल्गुन १४ गते ३:५४       विकासन्युज

काठमाडौं । बुधबारको बजारमा ऐतिहासिक सेयर कारोबार भएको छ । एकैदिनको बजारमा चार अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कूल १८० कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ४७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

कमाउने मध्ये ३ वटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागेको छ । एभरेष्ट बैंकको कभर्जन प्रिफिरेन्स, राष्ट्रिय बीमा कम्पनी र यूनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबारमा सर्किट ब्रेक लागेको हो ।

एभरेष्ट बैंकको कभर्जन प्रिफिरेन्स सेयरको मूल्य ६१ रुपैयाँले बढेर प्रतिकित्ता ६७१ अंकमा पुगेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य एक हजार एक सय ३० रुपैयाँले बढेर प्रतिकित्ता १२ हजार ४ सय ३१ रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता २१ हजार ५ सय ९६ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, ५ कम्पनीको ९ प्रतिशतभन्दा बढीले बढेको छ । कालिका पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, सिभिल लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

गुमाउने ४७ कम्पनी मध्ये सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ८.२९ प्रतिशत गुमाएका छन् । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.९६ प्रतिशतले घटेको छ । बाँकी ४५ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा सामान्य तथा ४ प्रतिशतभन्दा कमले घटेको छ ।

बुधबार बढी कमाउने र बढी गुमाउने १०/१० कम्पनी