सहयोगी विकास बैंकले घटायो नगद लाभांश, अब कति दिन्छ ?

  २०७६ फाल्गुन १५ गते ११:५३       विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंकको नगद लाभांशदर घटेको छ । संस्थाको प्रस्तावित नगद लाभांशदर शून्य दशमलब ५८ प्रतिशतले घटेको हो ।

लाभांशदर घटेसँगै संस्थाले अब कर सहित १८.७२१५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसअघि संस्थाले सेयरधनीलाई १९.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले संसोधन गरेको हो । बैंकको संसोधित प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।