२०७६ फाल्गुन १६ गते ३:४० विकासन्युज
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा(एजीएम) आगामी चैत ८ गते बस्दै छ । उक्त निर्णय फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।
सो प्रयोजनको लागि संस्थाको आगामी फागुन २७ गतेदेखि चैत ८ गतेसम्म बुक क्लोज हुने छ ।
सभाले सेयरधनीलाई १८.५२५ प्रतिशत अर्थात १० करोड ८३ लाख ७१ हजार २ सय ५० रुपैयाँ बोनस सेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, संस्थाले कर प्रयोजनको लागि ५७ लाख ३ हजार ७ सय ५० रुपैयाँ नगद लाभांश दिने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.