२०७६ फाल्गुन १८ गते ३:२५ विकासन्युज
काठमाडौं । आइतबारको पुँजी बजारले पुनः रेकर्ड ब्रेक गरेको छ । दिनभरको बजारमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार रकम हो ।
गत बिहीबार(फागुन १५ गते) मात्रै हालसम्मकै उच्च कारोबार भएको थियो । सो दिन ४ अर्ब ४६ करोडको सेयर किनबेच भएको छ । तर सो रकर्डलाई तोड्दै आइतबारको बजारले नयाँ रेकर्ड राख्न कायम भएको छ ।
बजारमा कूल १८३ कम्पनीको एक करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी एनएमबी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकममा वृद्धि भएपनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । एकैदिनको परिसूचक ४०.८२ अंकले घटेर १५९१.३६ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले घटी हो ।
बजारमा निरन्तर उकालो लागेसँगै लगानीकर्ताहरु नाफा बुक गर्न होमिएकाले त्यसको प्रभाव आइतबारको नेप्से परिसूचकमा परेको हो ।
बजारमा सबै कुरा सकारात्मक भएकाले यो समय पुँजी बजारमा लगानी गर्न योग्य भएको नेपाल इन्भेष्टर्स फोरमका पूर्वाध्यक्ष अम्बिका प्रसाद बताउँछन् । साथै, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अबको पुँजीबजार पेशा बनाउन सकिने क्षेत्रको रुपमा रुपान्तरण हुँदै गएको पनि बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.