सेयर बजार राताम्मे, १० मिनेटमै ५० अंकले घट्यो नेप्से परिसूचक

  २०७६ फाल्गुन २० गते ११:१८       विकासन्युज

काठमाडौं । मंगलबार बजार खुलेको केही बेरमै नेप्से परिसूचक भारी अंकले ओरालो लागेको छ । १३ मिनेट नबित्दै नेप्से परिसूचक ५३.६१ अंकले घटेर १४४१.६९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.५९ प्रतिशतले घटेको छ ।

यो समाचार तयार पार्दा (११ बजेर १३ मिनेट) फाइनान्स बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैको लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।