२०७६ फाल्गुन २० गते १:२४ विकासन्युज
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मा समस्या देखिएको छ । उक्त प्रणालीमा समस्या देखिएसँगै सेयर कारोबार रोकिएको छ ।
१२ बजेर ४१ मिनेट जाँदा उक्त प्रणालीमा समस्या देखिएको छ । यससँगै त्यसपछिको सेयर कारोबार तथा डाटा अपडेट हुन सकेको छैन ।
’ब्रोकरको डाटा सेन्टरमा केहि समस्याहरूको कारण उक्त प्रणालीमा समस्या देखिएको हो । यसैले थप अपडेटहरूको लागि सम्बन्धित ब्रोकरहरूसँग समन्वय गर्न अनुरोध गरिएको छ।’- नेप्सले भन्याे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.