२०७६ फाल्गुन २० गते १:५६ विकासन्युज
काठमाडौं । मंगलबारको सेयर बजार करिब ४ बजेसम्म खुल्ने भएको छ । दैनिक ३ बजे बन्द हुने बजार आज भने ३ बजेर ५५ मिनेटमा बन्द हुने नेप्सेले जनाएको छ ।
ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मा समस्या आएर करिब एक घण्टाको बजार अवरुद्ध भएकाले सो दिनको कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या आएसँगै ५५ मिनेट सेयर कारोबार बन्द भएको थियो । उक्त समस्या देखिएको करिब ५५ मिनेटपछि समस्या समाधान भएको छ र नियमित कारोबार शुरु भएको छ ।
दिउँसो १२ बजेर ४१ मिनेट जाँदा ब्रोकरको उक्त प्रणालीमा समस्या देखिएको थियो । जसले गर्दा सेयर कारोबार अपडेट हुन सकेको थिएन । उक्त टाइमलाई कभर गर्न नेप्से व्यवस्थापनले समयसीमा थप गर्ने निर्णय गरेकाे हाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.