२०७६ फाल्गुन २३ गते २:५५ विकासन्युज
काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्जमा कूल ३ करोड ५९ लाख ७ हजार ९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत ७ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये सबैभन्दा बढी बोनस सेयर रहेको छ । ६ वटा कम्पनीको बोनस र बाँकी एक संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
पाँच दिनको अवधिमा कूल ३ करोड ३४ लाख ७७ हजार कित्ता बोनस थपिएको छ । जसमा पनि नबिल बैंकको सबैभन्दा बढी रहेको छ । बैंकको कूल एक करोड ८ लाख ५६ हजार ५ सय २० कित्ता बोनस सूचीकृत भएको हो ।
त्यस्तै, सिद्धार्थ बैंकको ९० लाख एक हजार ६ सय २६ कित्ता, लक्ष्मी बैंकको ८९ लाख २० हजार ५ सय ८ कित्ता र ज्योति विकास बैंकको ३९ लाख ५२ हजार ५ सय ४९ कित्ता बोनस नेप्सेमा थपिएको छ ।
त्यसैगरी, सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५ सय र कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
हकप्रद सूचीकृत हुनेमा एनएमबी लघुवित्त वित्तीय संस्था मात्र रहेको छ । संस्थाको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद नेप्सेमा थपिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.