सर्किट ब्रेक लागेपछि खुल्यो सेयर कारोबार, घट्ने क्रम जारी

  २०७६ फाल्गुन २७ गते १२:२९       विकासन्युज

काठमाडौं । पहिलो एक घण्टामै नेगेटिभ सर्किट ब्रेक लागेको मंगलबारको सेयर कारोबार पुनः सुचारु भएको छ । नेप्से परिसूचक करिब एक घण्टाको अवधिमा ४ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो ।

बजारले उच्च अंकले घटेसँगै ११ बजेर ५९ अंकमा झरेको थियो । सो अवधिमा नेप्से परिसूचक ५३ अंकले घटेर १३८३ अंक तल झरेको थियो । बजारमा उच्च गिरावट आएसँगै नेप्सेले करिब २० मिनेटको सेयर कारोबार बन्द गरेको थियो ।