२०७६ फाल्गुन ३० गते १२:०६ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको कूल १३ लाख २१ हजार ८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । पोखरा फाइनान्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गरी एकैदिन सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये पोखरा फाइनान्सको ६ लाख ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको ७ लाख २० हजार ९९९ कित्ता सेयर नेप्सेमा थपिएको छ ।
उता महालक्ष्मी विकास बैंकको ४ लाख ५७ हजार ७ सय ३७ कित्ता प्रमोटर(संस्थापक) सेयर साधारण सेयरमा परिणत भएको छ । यससँगै, संस्थाको संस्थापकको सेयर स्वामित्व ५२.४९ प्रतिशत र साधारणको ४७.५१ प्रतिशत हुने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.