२०७६ चैत्र ४ गते २:०६ विकासन्युज
काठमाडौं । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको गरी दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यी दुई कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
जसमध्ये नेपाल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९६.१९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६८२.७३ रुपैयाँ तोकिएको छ ।
मूल्य समायोजन पछि पहिलो कारोबारभएको मंगलबारको बजारमा दुबै संस्थाको सेयर मूल्य घटेको छ । दुई बजेसम्म नेपाल इन्स्योरेन्सको सेयर मूल्य ३० रुपैयाँले घटेर प्रतिकित्ता ३६६ रुपैयाँमा किनबेच भइरहेको छ । जुन समायोजित मूल्यको तुलनामा ७.६२ प्रतिशत कम हो ।
त्यस्तै, महिला लघुवित्तको पनि सेयर मूल्य २३.७३ रुपैयाँले घटेर प्रतिकित्ता ६५९ रुपैयाँमा झरेको छ । जुन ३.४८ प्रतिशतले घटी हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.