तीन मिनेटमै ९ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको सेयर मूल्य

  २०७७ आषाढ़ ३१ गते ११:१०       विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार खुलेको तीन मिनेट नबित्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि सेयर मूल्य ह्वात्तै बढेकाे हो ।

११ बजेर ३ मिनेट जाँदा संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ३२ रुपैयाँ पुगेकाे छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले बढी हाे । सो दिन बजार खुल्दा संस्थाको सेयर मूल्य प्रतिकित्ता ४ सय ८४ रुपैयाँ रहेको थियो ।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा संस्थाको एक लाख ७६ हजार ४ सय ८२  कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने कम्पनीको सेयर बिक्री गर्न चाहने कोहि पनि छैनन् । जसले गर्दा संस्थाको सेयर खरिदमा चाप देखिएको हो ।

दाेश्राे बजारमा काराेबार शुरू भएपछि संस्थाकाे सेयरमा निरन्तर सकारात्मक सर्किट लागेकाे छ । संस्था गत बुधबारदेखि दाेश्राे बजारमा काराेबार शुरू भएकाे हाे ।