२०७७ आषाढ़ ३१ गते ३:२२ विकासन्युज
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से परिसूचक १४.९० अंकले बढेर एक हजार ३ सय ६३ अंकमा पुगेको छ । जुन १.११ प्रतिशतले बढी हो ।
दिनभर केहि उतारचढाव देखिएको बजारमा ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.०६ अंकले बढेर २ सय ८८ अंकमा पुगेको छ ।
बजारमा एक सय ८९ कम्पनीको कूल एक अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा कूल ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ५३ रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख र एनएमबी बैंकको ८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५ सय ४ र ३ सय ९७ रुपैयाँ रहेको छ ।
सो दिन तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.९२, नबिल ब्यालेन्सड फण्ड २ को ९.६३ र बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको छ ।
बजारमा होटल ४५, जीवन बीमा ४३, उत्पादनमूलक २५ र माइक्रोफाइनान्स समूह ९ अंकल घटेका छन् भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बैंकिङ्ग समूह २४.३८ अंकले उकालो लागेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.