२०७७ श्रावण १४ गते ११:५४ विकासन्युज
काठमाडौं । मेगा बैंकको पौने तीन करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । गण्डकी विकास बैंकलाई प्राप्ती गरेपश्चात बैंकको २ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि गत असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.