२०७८ आषाढ़ ७ गते ३:२९ विकासन्युज
काठमाडौं । सोमबारको सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ६३ अंकले घटेको नेप्से परिसूचक सोमबार थप ७१.०६ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४६ प्रतिशतले घटी हो ।
सोमबारको नेप्से परिसूचक कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको छ । अघिल्लो दिन २९०५.३२ अंकमा अडिएको नेप्से परिसूचक सोमबार घटेर २८३४.४१ बिन्दुमा झरेको छ ।
बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँले घटी हो ।
सो दिन २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता १७५३ रुपैयाँमा झरेको छ ।
सोमबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ४५१ अंकले घटेको छ ।
उच्च अंकले घटेको बजारमा पनि नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँ बढी हो ।
उता सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.२६ प्रतिशतले घटेर प्रतिकित्ता ५८८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६० रुपैयाँले घटी हो ।
पछिल्लाे समय बजार निरन्तर रूपमा ओरालाे लागेकाे छ । नेपाल धिताेपत्र बाेर्डले ५१ कम्पनी जाेखिमयुक्त भन्दै विज्ञप्ति जारी गरेसँगै बजार दैनिक रूपमा घटिरहेकाे छ । उक्त विज्ञप्तिसँगै लगानीकर्ताले प्यानिक सेल गर्न थालेसँगै बजारमा उच्च गिरावट देखिएकाे बुझिन्छ । साथै, लकडाउन थप खुकुलाे बन्दै गएसँगै त्यसकाे असर सेयर काराेबार रकममा परेकाे र काराेबार रकम घट्न पुगेकाे हाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.