सेयर बजार १२.५३ अंकले बढ्दा ४ अर्बको कारोबार, शिखर इन्स्योरेन्ससहित ३ कम्पनीका लगानीकर्ताले कमाए धेरै

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहिबार सेयर बजार १२.५३ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको सेयर बजार बिहीबार भने १२.५३ अंकले बढेर २५२०.२३ अंक कायम भएको हो ।

आज ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर खरिदबिक्रीबाट कुल ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँको रुपैयाँको कारोबार भएको हो ।

बिहीबार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । त्यसपछि बरुण हाइड्रवोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी आम्दानी गरेका छन् ।

आज क्रमशः शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, बरुण हाइड्रोको ९.३१ प्रतिशत र विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको हाे ।