२५ अंकले बढ्यो सेयर बजार, जलविद्युतमा लगानीकर्ताको आकर्षण
२०२६ पौष १७ गते ५:३० विकासन्युज
काठमाडौं । सोमबार सेयर बजार २५.४१ अंकले बढेको छ । सेयर बजार २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेको छ ।
सोमबार २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता खरिदबिक्रीबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको कारोबार भएको छ ।
सोमबार जलविद्युतका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।