सेयर बजार ३०.२९ अंकले घट्यो, २ अर्ब ३५ करोडको कारोबार

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार ३०.२९ अंकले घटेको छ । बुधबार सेयर बजार ३०.२९ अंकले घटेर २५१४. ६४ अंकमा सीमित भएको हो ।
बुधबार सेयर बजारमा ४९ लाख ५९ हजार ९१० सेयर खरिदबिक्रीबाट कुल २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

सूचीकृत कम्पनीहरुमध्ये २९ वटाको शेयर मूल्य बढेको छ । आज सबैभन्दा बढी माउन्टेन इनर्जीको सेयर मूल्य ८.१० प्रतिशतले बढेको हो । नेप्सेका अनुसार आज टप टर्नओभर नेपाल दूरसञ्चार कम्पनी र टप कारोबार नेपाल एन्फास्ट्रक्चर (निफ्रा) बैंकको भएको छ ।