काठमाडौं । एनआईसी एशिया बैंकले धादिङ्मा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले धादिङ्को गजूरी र गल्छीमा थप शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।
उक्त गजूरी शाखाको उद्घाटन सोही गाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले गरेका छन् । त्यस्तै, गल्छी शाखाको उद्घाटन सोही गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले गरेका छन् ।
यी शाखा सहित बैंकको शाखा संख्या २३४ पुगेको छ । त्यस्तै, बैंकले २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।