तामाकोशीको लागत संसदमा प्रवेश, छानविनको माग

<p>काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागतले संसदमा प्रवेश पाएको छ । आयोजनाको लागत शतप्रतिशत भन्दा बढि वृद्धि भएकोमा सांसदले आपक्ति जनाएका हुन् । सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै संसद बैठकमा चिन्ता व्यक्त गरिन् सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा [&hellip;]</p>

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागतले संसदमा प्रवेश पाएको छ । आयोजनाको लागत शतप्रतिशत भन्दा बढि वृद्धि भएकोमा सांसदले आपक्ति जनाएका हुन् ।

सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै संसद बैठकमा चिन्ता व्यक्त गरिन्
सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राखेकी हुन् ।

२०६६ सालमा ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको लागत ६५ अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा शेयरधनीको टाउकोमा पर्ने भएकाले छानबिन गर्नुपर्ने उनले माग गरिन् ।

Share News