जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको तयारी

<p>काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गा कित्ताकाट खोल्ने तयारी भैरहेको बताएकी छिन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री अर्यालले जग्गाको कित्ताकाट सम्बन्धी मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएकोले खुल्ला गर्ने तयारी अघि बढेको बताएकी हुन् । उनले भनिन, ‘मन्त्रालयको निर्णय र अदालतको आदेशबारेमा म अध्ययन [&hellip;]</p>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गा कित्ताकाट खोल्ने तयारी भैरहेको बताएकी छिन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री अर्यालले जग्गाको कित्ताकाट सम्बन्धी मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएकोले खुल्ला गर्ने तयारी अघि बढेको बताएकी हुन् ।

उनले भनिन, ‘मन्त्रालयको निर्णय र अदालतको आदेशबारेमा म अध्ययन गर्दैछु । छिट्टै निर्णय गर्छु ।’ उनले भूमि व्यवस्थापन सम्बन्धी समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरे बमोजिम सकुम्वासी समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या, अव्यवस्थित बसोबास र गुठी संस्थान सम्बन्धीको समस्या हल गर्ने पनि बताइन् । ‘हामी अब भूमि व्यवस्थापनसम्बन्धी समस्याहरु पहिचान गर्छौं । ती सबै समस्याहरुलाई नयाँ ऐन बनाएर सोही बमोजिम हल गर्छौं ।’, मन्त्री अर्यालले भनिन् ।

उनले सहकारीप्रति नेपाली जनतामा व्यापक आकर्षण रहेको बताईन् । उनले थपिन्,‘सहकारीका माध्यमबाट गाउँदेखि शहरसम्मका जनताको जीवनस्तर उकासिएको छ । अब सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै हरेक युवायुवतीहरुलाई व्यवसायी गर्ने वातावरण बनाउनुपर्छ ।’ त्यस्तै उनले सहकारी ऐन अहिले बाधकको रुपमा रहेको बताउँदै यसलाई पनि साधक हुनेगरि संशोधन गर्ने जनाईन् ।
उनले गरिवी निवारणको लागि अब गरिव पहिचान गर्न परिचयपत्र वितरण गर्ने पनि बताईन् । गरिबलाई माथि उकास्ने गरि ‘स्पेशल–प्याकेज’ घोषणा गर्ने उनको प्रतिबद्धता छ ।

उनले थपिन्,‘विकसित मुलुकमा पनि गरिबी उन्मुलन नभई न्यूनिकरण भएको छ । केही प्रतिशत गरिबी बाँकी नै छ । हाम्रो देशमा पनि गरिबी न्यूनिकरण हुन्छ । यसको लागि नयाँ प्याकेज ल्याउँछौं । वर्तमान सरकार र म स्वयम्पनि संवेदनशील छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो सुखी नेपाली र समृद्ध नेपालको लागि सरकारले द्रुत गतिमा काम गर्ने उनको भनाई छ ।

Share News