काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ‘व्हील टु इन वान’ नामक नयाँ लुगा धुने साबुन लन्च गरेको छ । नयाँ जमानाको नेपाललाई नयाँ जमानाकै लुगा धुने साबुनको खाँचो भएको कुरालाई मध्येनजर गरेर कम्पनीले उक्त साबुन नेपाली बजारमा ल्याएको हो ।
यस साबुनको बारेमा सर्वसाधारणलाई जानकारी गराउनको लागि ‘व्हील टु इन वान’ले अब प्रवद्धनात्मक अभियान सुरु गरेको छ, जसमा यसले दिने गहिरो सफाइ र हजारौं फूलहरुको बास्नाको बारेमा रोचक तरिकाले बताइएको कम्पनीको जनाएको छ ।
यो अभियानको रोचक र विशेष पक्ष भनेको यी कुराहरु प्रस्तुत गर्नको लागि नेपालकै लोकप्रिय नायिका प्रियंका कार्की र प्रतिभाशाली नायक एवं निर्देशक अर्पण थापालाई युनिलिभर नेपालले आवद्ध गरेको छ ।
कम्पनीका अनुसार यस विज्ञापनमा प्रियंका कार्की र अर्पण थापाले व्हील टु इन वानले दिने गहिरो सफाइ र हजारौं फूलहरुको बास्नाको बारेमा रोचक तरिकाले बताउने छन् । पुरानो जमानाको साधारण नाङ्गो साबुनहरुको जमाना अब गएको र अहिलेको नयाँ जमानामा नयाँ लुगा धुने साबुन व्हील टु इन वानको आवश्यकता रहेको कुरा यो विज्ञापन मार्फत् प्रियंका र अर्पणले गर्नेछन् ।