बालेन स्थापितभन्दा १२ हजार ५८० मतले अगाडी

<p>काठमाडौं ।  काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १२ हजार ५८० मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २७ हजार २८ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १४ हजार ४४८ तथा [&hellip;]</p>

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १२ हजार ५८० मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २७ हजार २८ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १४ हजार ४४८ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ८७९ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको ७१ हजार ८८८ मतगणना सम्पन्न भइसकेको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

काठमाडौं महानगरपालिकामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।

Share News