बहुदरमाई नगरपालिकाको मेयरमा सिंगासन र उपप्रमुखमा सुष्माकुमारी निर्वाचित

<p>काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार मेयर र नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार उपप्रमुखमा निर्वाचित भएकी छिन् । मेयरमा सिंगासन सा तेली र उपप्रमुखमा सुष्माकुमारी कुशवाहा निर्वाचित भएका हुन् । ६ हजार ४ मत ल्याएका तेलीले निकटतम प्रतिद्वन्द्वी एमालेका शिव पटेललाई ३ सय ४६ मतले पराजित गर्दै तेली मेयरमा निर्वाचित भएका [&hellip;]</p>

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार मेयर र नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार उपप्रमुखमा निर्वाचित भएकी छिन् ।

मेयरमा सिंगासन सा तेली र उपप्रमुखमा सुष्माकुमारी कुशवाहा निर्वाचित भएका हुन् ।

६ हजार ४ मत ल्याएका तेलीले निकटतम प्रतिद्वन्द्वी एमालेका शिव पटेललाई ३ सय ४६ मतले पराजित गर्दै तेली मेयरमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेकाका उम्मेदवार शिव पटेलले ५ हजार ६५८ मत ल्याई भने नगरपालिकाका निवर्तमान मेयर एवं कांग्रेसका उम्मेदवार रहेका नितेन्द्र साह तेली ५ हजार ५१६ मत ल्याएर तेस्रो भएका छन् ।

यस्तै, नगरपालिकाको उपमेयरमा ६ हजार ४४० मत ल्याएर एमालेकी उम्मेदवार कुशवाहा विजयी भएकी छन् । उनले कांग्रेसकी सोनामती देवीलाई ९ सय १५ मतले पराजित गरिन् । सोनामतिले ५ हजार ५२५ मत ल्याएकी छन् ।

Share News