सुदूरपश्चिमको सबैभन्दा ठूलो दल दुई पालिकामा सीमित

<p>काठमाडौं । सुदूरपश्चिमको सबैभन्दा ठूलो दल एकीकृत समाजवादी स्थानीय तह निर्वाचनमा दुई पालिकामा सीमित भएको छ । कुल ८८ स्थानीय तह रहेको यस प्रदेशमा एकीकृत समाजवादीले २ स्थानीय तहमा मात्रै निर्वाचित भएको हो । एकीकृत समाजवादीले विजय हासिल गरेका स्थानीय तह केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका हुन् । कुल ५१ जना रहेको प्रदेश सभामा [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिमको सबैभन्दा ठूलो दल एकीकृत समाजवादी स्थानीय तह निर्वाचनमा दुई पालिकामा सीमित भएको छ ।

कुल ८८ स्थानीय तह रहेको यस प्रदेशमा एकीकृत समाजवादीले २ स्थानीय तहमा मात्रै निर्वाचित भएको हो ।

एकीकृत समाजवादीले विजय हासिल गरेका स्थानीय तह केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका हुन् ।

कुल ५१ जना रहेको प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । संसदमा बलियो उपस्थिति भए पनि स्थानीय तहको निर्वाचनमा कमजोर भएको हो ।

Share News