मतपेटिका लुटेर फरार भएका व्यक्ति पक्राउ

<p>काठमाडौं । रौतहट प्रहरीले मतपेटिका लुटेर फरार भएका व्यक्तिलाई पक्राउ गरेको छ ।मतपेटिका लुटेर फरार भएका मध्येका एकजनालाई प्रहरीले बिहीबार राति घरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–२ का ४६ वर्षीय चन्देश्वर वैठा रहेका छन् । उनले यमुनामाई गाउँपालिका–२ स्थित मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटेका थिए । प्रहरीले केही राउण्ड फायर गरेपछि [&hellip;]</p>

काठमाडौं । रौतहट प्रहरीले मतपेटिका लुटेर फरार भएका व्यक्तिलाई पक्राउ गरेको छ ।मतपेटिका लुटेर फरार भएका मध्येका एकजनालाई प्रहरीले बिहीबार राति घरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–२ का ४६ वर्षीय चन्देश्वर वैठा रहेका छन् । उनले यमुनामाई गाउँपालिका–२ स्थित मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटेका थिए ।

प्रहरीले केही राउण्ड फायर गरेपछि मतपेटिका छाडेर बैठा फरार भएका थिए । उनीविरुद्ध निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ कसुरमा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

Share News