काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।
उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । राईले लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले ज्ञद्द हजार ८२५ मत पाइन् ।
यस्तै धरानको उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित भएका छन् ।