कामपा–१५ मा एकीकृत समाजवादीको डङ्गोल प्यानल नै विजयी

<p>काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका निकटतम [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे । यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन् ।

डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौं–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।

Share News