
काठमाठौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
मेयरमा विजयी भएको घोषणापछि धारणा राख्दै बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउनमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले आफ्नो जितलाई विजयभन्दा पनि कामको सुरूआतको रूपमा लिएको बताएका छन् । अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने आफ्नो याेजना रहेको उनको धारणा छ ।
मेयरमा निर्वाचित भएपछि अब बालेनले काठमाडौं कस्ताे बनाउलान् ? उनले काठमाडौंको विकासमा के कस्ता कार्यक्रमहरू प्राथमिकता देलान् ? र, उनको नजरमा कस्ता विषयहरूले महत्व पाउलान् भन्ने जिज्ञासा र चासो सबैको छ । उसो त उनले स्वतन्त्र उम्मेदवारी दिँदा नै आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका थिए । उनले आफुलाई विजयी गराएमा ५ वर्षको अवधिमा गर्ने काम तथा कार्यक्रमहरु घोषणा पत्रमार्फत् सार्वजनिक गरेका थिए ।
नवनिर्वाचित मेयर बालेनले काठमाडौं महानगर क्षेत्रभित्र शिक्षा, स्वास्थ, खानेपानी, पूर्वाधार, सार्वजनिक यातायात जस्ता क्षेत्र कस्तो बनाउन चाहेका छन् भनेर हामीले यो सामग्री तयार पारेका छौं ।
शिक्षा
काठमाडौं महानगरपालिकामा सामुदायिक विद्ययालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने उनकाे याेजना छ । इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा सँगसँगै विश्वस्थरमा जोड्न सकिने खाल्का उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्क्रम परिमार्ज गर्ने उनले बताएका छन् । हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने उनकाे घाेषणा छ ।
निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन भनेर अडिट गर्ने, अन्तर्राष्ट्रिय विद्यालयहरुलाई राष्ट्रिय विद्यालहरुसँग सहकार्य गरिने र संस्कृति, जीवनशैली, शिक्षा प्रणाली आदिको आदानप्रदान गर्न भगिनी सम्बन्ध सुरु गरिने । प्रारम्भिक बाल्यकाल शिक्षा देखि सूचना प्रविधि शिक्षाको परिचय पदने गरी पाठ्यक्रम विकास गर्ने बालेनले याेजना सार्वजनिक गरेका छन् ।
स्वास्थ्य
प्रत्येक वडामा योग्य चिकित्सक नर्सिङ प्रोफेसनल, फार्मासिस्टर नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात बालेकाे याेजना छ । प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने उनले बताएका छन् ।
हाल भैरहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरीय सुधार,उचित सेवा–सुविधा उपलब्ध गराउने, स्वस्थ वातावरणसहितको सरसफाइ तथा विद्यमान स्वास्थ्यकर्मीहरूको सेवा सुबिधामा वृद्धि गराइने तथा मधुमेह र रक्तचाप जस्ता दीर्घकालीन रोगहरूको लागि दिगो नियन्त्रण उपायको रूपमा जगिङ् तथा व्यायाम गर्ने पार्कहरू निर्माण गर्ने याेजना उनकाे छ ।
बालेनकाे सार्वजनिक भनाइ अनुसार काठमाडौं महानगरपालिकाको स्वामित्वमा पुर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र सेवाहरु कल सेन्टरबाट सञ्चालन गरिनेछ । ७० वर्ष माथिका बृद्द बृद्दाको निशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरीने छ भने स्वास्थ्य सेवा कार्डको प्रावधान गरिने छ ।जसमा सबै निजी तथा सार्वजनिक अस्पतालहरूका रेकर्डहरु राखिने छन् ।
पूर्वाधार
कल सेन्टर मार्फत संचालित भौतिक पुर्वाधार एम्बुलेन्स द्वारा सडक, ढल जस्ता पुर्वाधार को मर्मत सम्बार गरिने छ । सांस्कृतिक महत्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने छ । सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थानको पुनर्निर्माणका लागि दक्ष जनशक्तिका लागि भक्तपुरसँग सहकार्य गरिने छ ।
सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिनेछ । बस स्टपहरूमा फल्चा स्थापना गरिनेछ । फायर ब्रिगेड पुग्न नसक्ने साँघुरो गल्लीहरूमा ओभर हेड ट्याङ्की र फायर हाइड्रन्टहरू स्थापना गरिने छ ।
यातायात र यातायात व्यवस्थापन
सवारी साधनको मात्रा र आवतजावतलाई संघ संस्था तथा कार्यालयको प्रकृतिको आधारमा वर्गिकरण गरेर कार्यालय समयको विभाजन गरिनेछ । सार्वजनिक तथा महाँनगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने छ । सवारी साधनको स्थान हृयाक गर्न सबै स्थानीय यातायातमा जीपीयस जडान गरिने छ । सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने छ । काठमाडौं महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु–तले पार्किङमा परिणत गरिने छ ।
उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरूमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने छ । काठमाडौं महानगरपालिका को आफ्नै ट्याक्सी एप संचालन गरिने छ । सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्डको सुरुवात गरिने छ जसले जुन सुकै यातायातमा महिना भरी जुन सुकै रूटमा जान सकिने छ ।
पानी व्यवस्थापन
सरकारी कार्यालयहरुमा स–साना जमिन पुनर्भरण पोखरी हरु निर्माण गरिने छ । बोरिङ्ग प्रणाली भएका सबै घरहरूमा जमिन पुनर्भरण का निम्ती रिभर्स बोरिङ्ग अनिवार्य गरिने छ । सबै ढुंगेधारा/हिटी पुनः जाग्रित गराउन का लागी पुराना स्रोतहरु लाई पुनर्जीवित गराइने छ । स्थानीय नदीहरू नजिक ढल प्रशोधन प्लान्ट स्थापना गरिने छ । इनार, बोरिङ्ग र नदीको पानीको सतह माथि ल्याउनका निम्ती बर्खाको पानी संचय गर्ने व्यवस्था गरिने छ । मेलम्ची खानेपानिको सबै तहमा अनुगमन र सहकार्य गरिने छ ।
महिला तथा बालबालिका
हेल्पलाइन कल सेन्टरहरू मार्फत महिला र बालबालिकाका लागि घरेलु हिंसा मुक्त सुरक्षित बातावरणको व्यवस्थापन गरिने छ । सरकारी बिद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने छ । सार्वजनिक शौचालय, सरकारी कार्यालय र सार्वजनिक स्थानहरूमा स्तनपान, शिशु नर्सिंग कोठाको व्यवस्था गरिने छ ।
सचेतना र वकालत कार्यक्रमहरूको सन्दर्भमा महिनावारी सम्बन्धी बिशेष चेतना का कार्यक्रम हरु ल्याइने छ । वडा तहमा स्तन क्यान्सर, पाठेघरको क्यान्सरको स्क्रिनिङ्ग गरिने छ । वडा स्तरीय अभियानहरुमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रामहरु ल्याइने छ ।
पर्यटन
पर्यटन लाई स्थानिय वासिन्दाको जीवनचर्या सँग जोड्ने कार्यक्रम हरु ल्याइने छ । पर्यटनलाई जात्रा, संस्कृति र सम्पदा क्षेत्रसँग जोडेर सरकारी तहबाट प्रवर्दधन गरिने छ । होमस्टे संचालन गर्न का निम्ती स्थानिय वासिन्दालाई उपत्यकाको मौलिक खानपिन ,रहन सहन, पर्यटक सूचना र यहाँको बिशेषताको बारेमा तालिम दिइ संचालन गर्न दिइने छ ।
अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरूको रूपमा काठमाडौंको ब्रान्डिड गरिने छ । अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्र जसले हाम्रो संस्कृतिलाई कुनै पनि रूपमा प्रवद्धन गर्न सक्छ भने, उनिहरुलाई अनुदान प्रदान गरिने छ । काठमाडौका हरेक ठाउँ र कुनाबाट सबै जात्राहरु निकाल्न र यसको प्रवद्धन गर्न प्रोत्साहन गरिने छ । स्थानीय व्यञ्जनहरुको ब्रान्डिङ गरिने छ । नेवाः समुदायमा प्रचलित स्थानिय पेय पदार्थ को अन्तरराष्ट्रिय ब्रान्डिङ गरिने छ ।
प्रदूषण नियन्त्रण पूर्वाधार
एम्बुलेन्सको सहायताले प्रदूषणको मूल कारणको समाधान गरिने छ । खाल्डाखुल्डी, ढल निकास र अन्य प्रदूषण उत्सर्जन गर्ने क्षेत्रहरूको द्रुत मर्मत सम्हार र व्यवस्थापन गरिने छ । धूलो र अन्य प्रदूषण उत्पन्न गर्ने निर्माण स्थलहरूको आइसोलेसन गरिने छ । उपत्यका प्रवेश बिन्दुमा ठूला सवारी साधन धुने केन्द्र सञ्चालन गरिने जसले गर्दा र दैनिक २०० मेट्रिक टन धुलो काठमाडौं महानगरपालिका भित्र पस्न पाउने छैन ।
फोहोर व्यवस्थापन
अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोर लाई छुट्टा छुट्टै संकलन गरिने छ । काठमाडौं महानगरकै नजिकै इन्सिनरेटर जडान गरी उच्चस्तरिय प्रविधिले फोहोर व्यवस्थापन गरिने छ । अर्गानिक फोहोरलाई प्राङ्गारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्री गरिने छ । काठमाडौ महानगरपालिका भित्रको सडकमा कालोपत्र गर्दा प्लाष्टिकजन्य फोहोरसँग आस्फल्ट मिसाएर गरिने छ । कारखाना वा औधोगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिने छ ।
संस्कृति
जात्रा, चाडपर्व लगायतका साँस्कृतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरी काठमाडौं महानगरपालिकाको स्थानीय संस्कृति प्रवद्धन गरिने छ । अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने छ । स्थानीय गुठी, बाजा खल, मन्दिर, बिहार, गुम्बा, बहाल र अन्य स्थानीय आदिवासी उपसमूहहरूलाई संस्क्रिति प्रवर्धनका लागि अनुदान प्रदान गरिने छ ।
सम्पदा
अधिकार सम्पन्न सम्पदा समक्षण अयोग गठन गरिने छ । साँस्कृतिक सम्पदा स्थल वरिपरि घरहरुको जीर्णोद्धार र पुनर्स्थापना गरी आफ्नो शैली अनुसार मुहार फेरिनेछ । पुराना मन्दिर, स्तूप, गुम्बालाई पुराना वैज्ञानिक प्रविधिहरू जस्तै लिच्छवी वा मल्ल कालअनुसार पुनर्निर्माण गरिने छ । नेवा छेको प्रवद्धनका निम्ती इन्जिनियरिङ र आर्किटेक्चर पाठ्यक्रमहरूमा त्यस शैलीको विज्ञानलाई जोड दिइने छ ।
कृषि
अर्गानिक फोहोरको रूपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरूमा जैविक मल उपलब्ध गराइने छ । तरकारी उत्पादन गर्न र काठमाडौंको ८० लाख जनसङ्ख्यालाई उपभोग गराउन देश्भरी रहेका कृषियोग्य खाली जग्गाहरु भाडामा लिइ फलफूल तथा तरकारी खेती गरिने छ । त्यस्ता गाउपालिका तथा नगरपालिका हरुमा बीउ उपलब्ध गराइ कृषि उत्पादन तथा रोजगारी को सृजना गरिने छ । उत्पादन भएका फलफूल तथा तरकारी को लागि कोल्ड स्टोर निर्माण गरिने छ । शैक्षिक पृष्ठभूमि नभएता पनि युवाहरु लाई कृषि तालिम र काठमाडौं महानगरपालिकाले भाडामा लिएको जग्गामा रोजगारी दिइने छ ।
खेलकुद
वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिने छ । खेलकुद र युवा सशक्तिकरणको प्रवद्धन गर्न बैंकहरूसँग उनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिने छ । स्थानीय खेलाडीहरूलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरूलाई तलब स्केल उपलब्ध गराइने छ । अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँगको सहकार्यमा युवा लिगहरू आयोजना गरिने छ । पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवद्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स खेलाडीहरूलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गरिने छ ।
खुला ठाउँ र हरियाली
नक्साङ्कित ४२ देखि ४५ खुला ठाउँहरूलाई तिनीहरूको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँमा रूपान्तरण गरिने छ । शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्न क्यालिस्थेनिक पार्कहरूको निर्माण गरिने छ ।
सन्ध्याकालिन खेलकद प्रवर्दधन गर्न खला ठाउँहरूमा फ्लड लाइट जडान गरिने छ । पानी रिचार्जको लागि खुला ठाउँहरू प्रयोग गरिने छ । सडकको हरियाली सुधार गर्न फुटपाथ तथा सडक मध्य पट्टी वृक्षरोपण गरिने छ ।
विद्यालय, अस्पताल, सरकारी कार्यालय, मल र मनोरञ्जन पार्क जस्ता सार्वजनिक स्थानमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवद्धन गरिने छ । एक घर एक रूख अभियान सुचारु गरिने छ । ड्ड नदी कोरिडोरमा वृक्षरोपण गरिने छ ।
डिजिटल सरकार
सबै वडा र नगरपालिका स्तरहरूमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गरिनेछ । जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र जस्ता फारमहरूको लागि सबै अनलाइन आवेदन भर्न प्रावदान् मिलाइने छ ।
जग्गा कर, घर कर, भाडा कर, कम्पनी कर आदिका लागि अनलाइन सेवाहरू सुरु गरिनेछ । सूचनाको हकको लागि डिजिटल पारदर्शिता अपनाइने छ ।डिजिटल माध्यमबाट खरिद, टेन्डर प्रक्रिया र बजेटको परदर्शिता गराइने छ । कार्यपालिकाको महत्वपूर्ण बैठक र निर्णयहरू प्रत्यक्ष प्रशारण गरिने छ ।
होम डेलिभरी सरकार
जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र तथा अन्य कागजातहरूको होम डेलिभरी गरिनेछ । वृद्ध भत्ताको होम डेलिभरी गरिने छ । होम डेलिभरीका लागि रोजगारी सृजना गरिने छ ।
आइडिया बैंक
अदक्ष जनशक्ति, दक्ष जनशक्ति, लगानीकर्ता र उद्यमशीलता विशेषज्ञहरूको तथ्याङ्क सङ्कलन गरी रोजगारी र उद्यमशीलताकाअवसरहरू उपलब्ध गराउन सहकार्य गरिने छ ।
सिड मनि र तालिम प्रदान गरी स्थानीय उत्पादन, साना तथा मझौला घरेलु उद्योग, हस्तकलाको प्रवद्र्धन गरि बजार प्रदान गरिनेछ । प्रत्येक मार्टमा स्थानीय उत्पादनहरूका लागि २० प्रतिशत ठाउँको विनियोजन गरिने छ । युवाहरूलाई उनीहरूको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्न करियर परामर्श र कोचिङ उपलब्धता गराइने छ ।
दक्ष उद्यमशीलता र इनोभेसन केन्द्र
स्थानीय जनताको सीप, प्रविधि सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने छ । ड्ड सीप र उदयमशीलता प्रशिक्षण दिइनेछ । काठमाडौं महानगरका समस्या समाधान गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदान दिइने छ । काठमाडौं महानगरपालिकामा आविष्कार केन्द्रका शाखाहरू सञ्चालनमा ल्याइने छन् । प्रारम्भिक चरणमा उद्यमशीलता मानसिकता सुरुवात गराउन इनोभेसन केन्द्रसँग स्थानीय विद्यालयहरूलाई सहकार्य गराइने छ ।
नेपाल भाषा रञ्जना लिपि र नेपाल संवतको प्रवद्र्धन
स्थानीय भाषा र संस्कृतिको प्रवद्धन गर्न स्थानीय एनिमेसन, चलचित्रहरू र स्थानीय पात्रहरूको परिचय गराइने छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम पुस्तकमा नेपाल भाषा, रम्जना लिपि र नेपाल संवतको परिचय राखिने छ ।
ग्रेटर नेपाः भ्याली काँस्मोपलिटन
काठमाडौं महानगरपालिका वरपरका सबै नगरपालिकालाई एउटै चिनारी नेपाःउपत्यकाका रूपमा प्रवर्दधन गर्न अन्य सबै नगरपालिकासँग सहकार्य गरिने छ । सडक, ढुवानी, फोहोर व्यवस्थापन करिडोर र नदीको सन्दर्भमा सहकार्य सुधार गरिने छ ।
प्रशासन र व्यवस्थापन
सबै सरकारी कार्यालयमा सीसीटीभी जडान गरिनेछ । सरकारी कार्यालयमा बिहानको सिफ्ट सुचारु गरिने छ । सरकारी कार्यालयहरूमा प्रभावकारी सेवा डेस्क दिइनेछ । काठमाडौं महानगरपालिकाको मेयर कार्यालयको प्रत्यक्ष नियन्त्रणमा प्रभावकारी गुनासो बाकस राखिनेछ । स्थानीय सरकारलाई स्थानीय जनता र स्थानीय निकायसँग प्रत्यक्ष जोडीनेछ । सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासिक वडा बैठक गराइने छ ।
भ्रष्टाचार विरोधी ब्यूरो
काठमाडौं महानगरभित्र भ्रष्टाचार विरुद्धको विशेष फोर्स सबै निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारीने छ । भ्रष्टाचार विरोधी साइबर ब्यूरो, अनुसन्धान बिभाग, अख्तियार दुरुपयोग अनुसन्धन आयोग संग सहकार्य गरिनेछ । मेयर कार्यालयसँग सिधै जोडिएका सबै सरकारी कार्यालयहरूमा गुनासो बाकस राखिने छ ।
मेट्रो साइबर ब्यूरो
साइबर अपराध नियन्त्रण र मानसिक स्वास्थ्य समस्याहरूको नियमनका लागि आफ्नै साइबर ब्यूरो कल सेन्टरद्वारा नियमन गरिनेछ । वकालतका विभिन्न तहहरूमा स्थानीय जनताहरू बीच डिजिटल साक्षरताको प्रवर्धन गरिनेछ ।
कल केन्द्र
स्वास्थ्य एम्बुलेन्स, पूर्वाधार एम्बुलेन्स, पशु एम्बुलेन्स, फायर ब्रिगेड र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सहित कल सेन्टर सञ्चालन गरिनेछ । कल केन्द्रहरू मार्फत प्रकोप चेतावनी अलार्महरूको जडान गरिनेछ । मानसिक स्वास्थ्य समस्याहरू र तुरुन्त परामर्शको साथ मानिसहरूमा आत्महत्या गर्ने प्रवृत्तिहरूको सुधार गरिने छ । पुनर्वास केन्द्रहरूलाई कल सेन्टरहरूसँग जोडीने छ । घरेलु हिंसा उत्पीडन र बाल दुर्व्यवहार संचार को स्थापना गरिने छ ।
प्रकोप जोखिम व्यवस्थापन
नियमित र अनिवार्य विपद् सचेतना र उद्धार अभ्यास गरिनेछ । बारुण यन्त्र र अन्य उद्धार अपरेटरहरू अपग्रेड गरिने छ । अलार्म प्रणाली द्वारा सामूहिक प्रकोप संचार को स्थापना गरिने छ । स्थानीय जनतालाई प्राथमिक उपचार तालिम दिइने छ ।
स्वास्थ्य बीमा
करदातालाई कर रकम अनुसार स्वास्थ्य बीमा उपलब्ध गराइनेछ । बीमा सेवाहरूको लागि केन्द्रीय सरकार र अस्पतालसँग सहकार्य गरिनेछ ।
मानसिक स्वास्थ्य सहायता लाइन
कल सेन्टर नम्बरमा मानसिक स्वास्थ्य सहायता लाइन सुरु गरिने छ ।
सुरक्षा
अपराध नियन्त्रण र निगरानीका लागि प्रारम्भिक चरणमा काठमाडौँ महानगरपालिकामा १० हजार सिसिटिभी जडान गरिने छ । सुरक्षा सुधारका लागि काठमाडौं महानगरपालिकाका नगरपालिका प्रहरीलाई तालिम, सुधार र उचित परिचालन गरिने छ । काठमाडौं महानगरपालिका भित्रको नेपाल प्रहरीसँग कल सेन्टर मार्फत जोडिने र सुरक्षा समस्यामा सहकार्य गरिने छ । नगरपालिका प्रहरीको संख्या बढाएर प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।