बालेन शाह मेयर भएको खुशीमा निःशुल्क बर्गर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएको उपलक्ष्यमा चिकन स्टेशनले बर्गर विररण गर्ने भएको छ । उक्त रेष्टुरेन्टकाे झम्सीखेलमा रहेकाे शाखाले  मंगलबार (जेठ १७ गते) दिनभर निःशुल्क बर्गर वितरण गर्ने लागेकाे हाे । रेष्टुरेन्टकका अनुसार कुनै पनि व्यक्तिले झम्सिखेल शाखाबाट नि:शुल्क बर्गर खान सक्ने छन् । साह ६१ हजार ७६७ मत [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएको उपलक्ष्यमा चिकन स्टेशनले बर्गर विररण गर्ने भएको छ ।

उक्त रेष्टुरेन्टकाे झम्सीखेलमा रहेकाे शाखाले  मंगलबार (जेठ १७ गते) दिनभर निःशुल्क बर्गर वितरण गर्ने लागेकाे हाे । रेष्टुरेन्टकका अनुसार कुनै पनि व्यक्तिले झम्सिखेल शाखाबाट नि:शुल्क बर्गर खान सक्ने छन् ।

साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

यस्तै, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शपथ ग्रहण गरेका छन् । उनीहरु दुबैले आज बिहान राष्ट्रिय सभागृहमा आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । महानगरपालिकाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधिले आजैबाट कार्यभार सम्हाल्दै छन् ।

Share News